![एमालेसँग गठबन्धन गर्न कांग्रेस एक ढिक्का, राजनीतिक सुधारको सकारात्मक कदम](https://images.nagariknewscdn.com/thumbs/third-party/1719905070_oli deuwa-600x400.jpg)
जापानी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/2017/Fab/japan_nepal2-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29b3a2c792-1200x560-wm.jpg)
टोकियो—उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपाल लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै जापानी लगानीकर्तालाई नेपाल लगानी लैजान आग्रह गरेका छन्। नेपाली दूतावास जापानले आयोजना गरेको नेपाल इन्भेष्टमेन्ट सेमिनारमा बोल्दै मन्त्री जोशीले यस्तो आग्रह गरेका हुन्।
'वैदेशिक लगानीका लागि नेपाल सरकारका नीतिहरू लगानी मैत्री छन्। लगानी सुरक्षाको ग्यारेण्टी नेपाल सरकारले नै गर्छ', उनले भने।
कार्यक्रममा करिब ४० जापानी कम्पनीका मालिक तथा प्रतिनिधि सहभागी थिए। उनले संविधान निर्माणपछि नेपाल नयाँ अवस्थामा प्रवेश गरेकाले विदेशी लगानीका लागि सहज अवस्था रहेको उनले बताए।
'वैदेशिक लगानीका लागि नेपाल सरकारका नीतिहरू लगानी मैत्री छन्। लगानी सुरक्षाको ग्यारेण्टी नेपाल सरकारले नै गर्छ', उनले भने।
मन्त्री जोशीले पाँच क्षेत्रहरु उर्जा, पूर्वाधार विकास, पर्यटन, कृषि र खनिज उत्खननमा विदेशी लगानी प्राथमिकतामा राखिएको जानकारी दिए।
विश्वका हरेक मुलुकमा पुगेर असल कामदारको अनुभव संगालेका नागरिक नेपालमा रहेको भन्दै उनले नेपालमा कामदार अभाव नहुने प्रस्ट्याए।
नेपालका सबै राजनीतिक दलहरूले विकास निर्माणका काममा अबरोध उत्पन्न नगर्ने प्रतिबद्धता गरेको, लामो समयदेखिको लोडसेडिङ अन्त्य भएकाले अब लगानीका लागि सही समय आएको उनले बताएका थिए।
मन्त्री जोशीले मार्च २ र ३ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी हुन जापानीहरूलाई आग्रह गरे।
कार्यक्रममा सहभागी जापानी लगानीकर्ताहरुले नेपालमा सुरक्षा अवस्था, सडक, पानी र बिजुली सञ्जालको बारेमा जिज्ञासा राखेका थिए। जवाफमा मन्त्री जोशीले सबै क्षेत्रमा सुधार भइरहेको कुल ७५ मध्ये ७४ जिल्लामा सडक सञ्जाल पुगेको, पानीको अभावमा सुधार आएको र सन् २०२२ सम्ममा पूरै नेपालमा विद्युत् लाइन विस्तार भइसक्ने जनाए।
जापानस्थित नेपाली दूतावासले कार्यक्रम लागि नेपाली कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा उर्जाविद् डा.राम गिरी र कानुन व्यवसायी बलराम श्रेष्ठले नेपालमा लगानीकर्ताले लिन सक्ने फाइदा, ध्यान दिनुपर्ने कुरा तथा कानुनी अवस्थाबारे जानकारी दिएका थिए।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29b3a32375-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29bbdf3e77-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29bbe0ac34-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29bbf8031e-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29bbf89bbb-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29bc0e992d-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/58b29bc10cb1c-1200x560-wm.jpg)