coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर

म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं वार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।  

अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा लुकेश थापा मगर, सह–कोषाध्यक्षमा सन्दिप खत्री  र प्रवक्तामा हिक्मत श्रेष्ठ चयन भएका छन्।  

त्यस्तै सदस्यहरु अनिल बाँनिया, सन्दिप खत्री, बाबुराम पौडेल,  नगेन्द्र (राज) खत्री, कृष्ण  खड्का, सुर्य बहादुर मगर, ईन्द्र विश्वकर्मा, गोपाल पुन, कुशल पौडेल, विशाल पौडेल, तुल बहादुर थापा, मुक्ति सुवेदी निर्वाचित भएको मोना अस्ट्रेलियाका सचिव सुमन बानियाँले जानकारी दिए। 

मोना अष्ट्रेलियाले जन्मभूमी म्याग्दीका सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग गर्ने गरेको छ। नयाँ कार्यसमितिले समेत विगतका गतिविधिलाई निरन्तरता दिदैं संस्थागत कार्यलाई थप प्रभावकारी बनाउने बताए।  

प्रकाशित: ७ फाल्गुन २०७९ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App