coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा  भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्।

उनले  फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव क्वात्रा आज बिहान काठमाडौं आइपुग्ने यहाँस्थित भारतीय दूतावासले जनाएको छ।

भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारत बिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन्। सो अवसरमा उनीहरूबिच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृति लगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो। दुई देश बिचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारत र नेपालबिच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको छ। यसबिच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देश बिचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ। यो भ्रमणले दुई देश बिचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ। रासस

प्रकाशित: १ फाल्गुन २०७९ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App