८ वैशाख २०८१ शनिबार
प्रवास

इयु आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउने

अन्तर्राष्ट्रिय साझेदारिताका लागि युरोपेली युनियनकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन्। एकदिने भ्रमणको क्रममा उनले नेपालका विभिन्न नेतासँग भेट्ने कार्यक्रम रहेको काठमाडौंस्थित युरोपेली युनियन(इयु)को काठमाडौंस्थित दूतावासले जनाएको छ।  

‘हामीबीच रहेको साझेदारीलाई थप सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा छलफल गर्न भ्रमण गर्न पाउँदा म खुसी छु। युक्रेन युद्धले नेपाललगायत विश्वको खाद्य सुरक्षामा असर पारेको छ,’ इयुद्वारा जारी गरिएको विज्ञप्तिमा आयुक्त उर्पिलाइनेनलाई उद्धृत गरिएको छ।  

‘मैले हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न चाहेकी छु। इयु डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिंक स्थापना गर्न तथा विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न लालायित छ,’ उनले भनेकी छिन्।  

सन् २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति हुने तयारी गरिरहेका बेला आयुक्त उर्पिलाइनेनको नेपाल भ्रमण हुन लागेको इयुले जनाएको छ। सन् २०२१ देखि २०२७ सम्मको अवधिका लागि युरोपेली संघले वहुवर्षीय (मल्टिएन्युल इन्डिकेटिभ प्रोग्राम) अन्तर्गत नेपाललाई सहयोग गर्दै आएको छ। यसअन्तर्गत नेपालको हरित, रिजिलेन्ट र समावेशी विकासको प्रयासमा सहयोग उपलब्ध हुने इयुले बताएको छ।  

नेपालको हरित अर्थतन्त्र, रोजगारी र दिगो आर्थिक विकास हासिल गर्ने स्थानीय प्रयासलाई सहयोग गर्ने विषय, क्षेत्रीय असमानता र मानव विकास सूचकांकमा सुधारलगायतका विषयमा भ्रमणको बेला छलफल हुने जनाइएको छ।  

यसैगरी जलवायु उत्थानशील विकास तथा सुशासन जस्ता विषय पनि भ्रमणको प्राथमिकतामा परेकाछन्। आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौडेलसँग भेटवार्ता गर्नेछिन्। यसैगरी, उनले नागरिक समाजका प्रतिनिधि, व्यवशायी, अन्तर्राष्ट्रिय वित्तिय निकायका प्रतिनिधीहरूलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित: २४ माघ २०७९ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App