उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन्।