रेष्टुराँले वैशाख १३ गतेसम्म खानामा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ। मनास्लु क्षेत्रका स्थापित पर्यटनकर्मी लाक्पाढुण्डुप लामासहित चितवनका पर्यटनकर्मीहरू राजिन्द्र महतो र सुशिल चौधरीको साझेदारीमा सञ्चालित रिसोर्टमा कोरियन रेष्टुराँ थपिएको हो।
कोभिड १९ को दोस्रो लहरको प्रभाव विस्तारै देखिन थालेको निर्माण व्यवसायी बताउँछन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोभिडको दोस्रो लहरको असर अन्य क्षेत्रमा जस्तै निर्माण उद्योगमा पनि देखा परिसकेको बताए।
सहुलियतपूर्ण कर्जा सुरु भएयता एक सय १९ शिक्षितले मात्र शैक्षिक प्रमाणपत्र धितोराखेर बैंकबाट कर्जा पाएका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार सहुलियतपूर्ण कार्यक्रम लागू भएपछि हालसम्म १९ वटा बैंकहरूले मात्र ६ करोड ३२ लाख ६६ हजार रूपैयाँ प्रमाणपत्र धितोमाराखेर कर्जा स्वीकृत गरेका छन्।
बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो। भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन। महामारी उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो।