‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिताको उद्घाटन खेलमा पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा र होगाजी न्यू डायमण्डलाई हराउँदै पुलिस क्लब विजयी भयो । यस्तै दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा पुलिस क्लब २५–१९, २५–१९ र १५–८ सेटले विजयी भयो ।
धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको तेस्रो चरणको खोप अभियान अन्र्तगत फागुन २३ गतेबाट सुरु हुने भएको छ । समुदायस्तरमा संचालन हुने कोरोना विरुद्धको तेस्रो चरणको खोप अभियानमा १६ हजारलाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए । सञ्चारकर्मीसंग कोभिड–१९ विरुद्धको खोप अभियानको बारेमा जानकारी दिदै जिल्लाभर १६ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भएको बताए ।
बाहिर सिमसिम पानी परिरहेको थियो । चिया पसलभित्र ओत लागेको म मीठो चियाको प्रतिक्षामा थिएँ । त्यही पसलमा नागरिक समाजका अगुवा अमर ओली पुगे । चिसोलाई परास्त गर्न तातो चिया खाँदै गर्दा उनले छिमेकी गाउँ रुकुम पश्चिमस्थित खाराकी निर्मला खड्काको कहानी सुनाए । तस्विर पनि सँगै ल्याएका थिए । ती तस्विर देखाउँदै, ‘कसरी हुन्छ सर यिनी (निर्मला) लाई बचाउनु पर्यो’ भन्दै सहयोग माग्न थाले । मबाट उनले पैसाको सहयोग चाहेका रहेनछन् । मात्र एउटा समाचार प्रकाशनको अपेक्षा रहेछ उनीमा ।
विचार निरपेक्ष हुन्छ यो समयसँगै बद्लिँदैन पानीजस्तो खलबलिंदैन बाटो हराएको बटुवाजस्तो अलमलिंदैन विचार सतिसाल हो, बद्लिँदैन आठौं सन्तान हो विचार वासुदेव र देवकीको जति पछारे पनि दुष्ट कंसहरूले यसको वध हुनै सक्तैन त्यसैले, विचार विचार हो यसको वध हुनै सक्दैन कसैले एकछिन थिचेर राख्ला विचारको होचो कद हुनै सक्दैन।