जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठन निर्माण अभियान जारी रहने भएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनि तय गरेको 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' ले निरन्तरता पाउने बताएका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परिणाम नदेखिने योजनामा लगानी नगर्ने बताएका छन्। प्रदेश सरकारले याेजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएकाे भन्दै उनले काममा परिणाम नदेखिने योजनामा लगानी नगर्ने बताए।