लामो समयदेखि बहालमा रहेको काठमाडौं महानगरपालिकालाई सो भवन नयाँ दरअनुसार भाडामा दिइने गत वर्ष नै सरकारले निर्णय गरिसकेको छ। देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी जनसंख्या रहेको महानरपालिकालाई एउटै भवनमा सबै कार्यालय हुँदा आफ्ना काम अघि बढाउन सजिलो हुने अपेक्षा गरिएको छ।
सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै कम्पनीले सोमबारदेखि सो खण्डमा अनिश्चित कालका लागि सवारी साधन आवतजावत बन्द गराएको हो।