नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक लडाइँको संज्ञा दिँदै टिकटको विषयभन्दा माथि उठेर एकताबद्ध हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्ष आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने भएका छन्।