निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि आज दिउँसो तीन बजेसम्मको समय दिएको थियो। यसबिच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेताहरूले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन्।