जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।
हाल एयर फोर्स वानको रूपमा प्रयोग हुने दुई विमानले करिब चार दशकदेखि उडान भर्दै आएका छन्। बोइङले प्रतिस्थापन विमानमा काम गरिरहेको छ। तर कार्यक्रममा निकै ढिलाइ भएको छ। यी विमानहरूमा विकिरण संरक्षण, क्षेप्यास्त्र प्रतिरोधी प्रविधि, आपतकालीन बाँच्ने क्षमता र विश्वभरबाट आदेश दिने सञ्चार प्रणाली जडान गरिएका हुन्छन्।
खतिवडाले सामाजिक सञ्जालमार्फत पार्टी र संगठनका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनले परिवर्तनलाई आत्मसात् गर्दै अब स्वतन्त्र राजनीतिक जीवन बिताउने उल्लेख गरेका छन्।
आज दिउँसो ३ बजेदेखि यही माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरिनेछ। माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।