१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

बालेन, बन्दा र ‘कोर’

चुनावको मात्र हैन, यो बन्दाको पनि सिजन हो। बन्दाको तरकारी खाने सबैलाई थाहा हुन्छ, यसको पात जति निकालेपनि गुदि भेटिन्न। बन्दाको यो बनोटलाई लाई अहिले महानगरपालिकाको चुनावसंग पनि दाज्न सकिन्छ।  

काठमाडाैं महागनरपालिकको त्रिपक्षीय प्रतिस्पर्धा रोचक हुँदै गर्दा ‘कोर’ शब्द निकै चर्चित बन्यो। स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिपक्षीलाई विगत एक सातादेखि दोब्बरको हाराहारीमा अग्रता लिदै गर्दापनि यहि कोर शव्दले एकथरीलाई उत्साहित हुन दिएन भने अर्कोतिर आशाको त्यान्द्राेमा झुण्डाइरह्र्यो।  

करिब ३ लाख मतदाता भएको यस महानगरमा १ लाख ९० हजारको हाराहारीमा मत खसेको छ। मत गणनाको प्रारम्भीक नतिजा आउँदै गर्दा  धेरै यूवालाई त सुरुमानै बालेनले चुनाव जित्छ भन्ने लाग्यो। यसै माझ, आधाभन्दा बढी मत गन्दापनि दोब्बरको हाराहारी अग्रता लिएका बालेनले चुनाव  जित्दैनन् भन्नेको पक्ति पनि उत्तिकै रह्यो। यो पंक्तिलाई साथ दिने त्यही एउटा शब्द रह्यो ‘कोर’।  

यो पक्तिमा खासगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितका समर्थक र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहका प्रसशंक छन्। उनीहरु बाहिरी सहरबाट जति मत ल्याएपनि भित्री सहर अर्थात कोरमा प्रवेश गरेपछि आफुहरु अगाडी बढ्ने दावी गरिरहे।  

कोर खोज्नेको दावी उही बन्दाको पात केलाए जस्तै भइरहेको छ। जति पत्र कोट्याएपनि पातै–पात मात्र भेटिन्छ। उनीहरुले कोर ठानेको वडामा पनि पातनै भेटिन थालेपछि सम्भवत उनीहरुको मन अतालिएको छ। तर त्यो अत्यास अझै बाहिर आएको छैन। अझै पनि उनीहरु भन्दै छन्। कोर आएपछि जितिन्छ।  

सकारात्मक ढंगलले हेर्ने हो भने बन्दाको प्रत्येक पात आफैमा ‘कोर’ हो। किनकी प्रत्येक पात तरकारी नै हो। तर एमाले र कांग्रेसका मेयर उम्मेदवारले यी पातहरुको वास्ता गरेनन्।  उनीहरु कोरमा सुरक्षित हुन चाहे अर्थात बन्दामा गुदि खोज्न थाले। जुन असभंव छ। संभव देखिदैन।  

तर स्वतन्त्र उम्मेदवार बालेन शाहले भने प्रत्येक पातलाई कोरका रुपमा हेरे। प्रत्येक पातमा मत देखे। अझ भन्ने हो भने स्थापित र सिंहले नगरको कोर खोजिरहदा स्वतन्त्र  उम्मेदवार बालेन शाह  नगरबासीको कोर अर्थात मुटु खोजे। अन्ततःस्थापित र सिर्जनाले कोरमा पनि कोर भेटेनन।मतदाताको मनमा बसेका  बालेनले सबैतिर कोरै–कोर भेंटे।

प्रकाशित: ८ जेष्ठ २०७९ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App