१६ चैत्र २०८० शुक्रबार
ब्लग

बुद्धभूमीमा 'शंकर ताण्डव'

आइतबार बिहानबाट लुम्बिनी प्रदेशमा सुरु भएको राजनीतिको नौटंकी अझै जारी छ । राजनीतिक घट्नाक्रम, अनुमान विश्लेषण धुरन्धर बिश्लेषक समेतलाई चकित पार्दै मुख्यमन्त्री शंकर पोखरेलले बुद्धभूमि लुम्बिनीमा ८ रेक्टर को भूकम्पको झड्का पटकपटक दिएर आफूलाई राजनीतिको डन साबित गर्दैछन् ।  

 प्रधानमन्त्री ओलीका चाणक्य मुख्यमन्त्री पोखरेलले यति बेला लुम्बिनीमा गरेको क्रियाकलाप लाई 'शंकर ताण्डव' को रुपमा समेत चर्चा गर्न सकिन्छ ।  

कर्णाली प्रदेश सभामा जस्तै एमालेकै माधव नेपाल पक्षका सांसदबाट ‘फ्लोर–क्रस’ हुने आशंकाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पदबाट राजीनामा दिएका थिए।उनले हिजै संसदीय दलको बैठकबाट निर्णय गराएर एकल बहुमतको सरकार तयारी गरे ।

प्रधानमन्त्री ओलीका चाणक्य मुख्यमन्त्री पोखरेलले यति बेला लुम्बिनीमा गरेको क्रियाकलाप लाई 'शंकर ताण्डव' को रुपमा समेत चर्चा गर्न सकिन्छ ।

पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा यस्तो थियो अंकगणित

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित २ सांसद एमालेमा प्रवेश गरेका कारण पदबाट हटाइएकाले सदस्य संख्या ८५ मा झरेको थियो , फेरि जनता समाजवादी पार्टीले पनि आफ्नो पार्टी मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा हुँदाहुँदै उनकै नेतृत्वको सरकारमा मन्त्री बन्न गएपछि आफ्ना ४ सांसदलाई बर्खास्त गरेपछि लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय भयो।

अविश्वास प्रस्ताव दर्ता गर्दा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदले हस्ताक्षर गरेका थिए। तर जसपाका ६ जनामध्ये कल्पना पाण्डे लम्सालले भने हस्ताक्षर गरेकी थिइनन्।

अविश्वास प्रस्तावलगत्तै मुख्यमन्त्री पोखरेलले लम्सालसहित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीसमेतलाई मन्त्री बनाएका थिए। त्यसको २ घण्टामै जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतले उनीहरूलाई सांसद पदबाट हटाएको हो।

८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेलको पार्टी एमालेबाट ४१ सांसद छन्।  

अविश्वास प्रस्ताव पारित हुन ४१ मत पुग्नुपर्छ। तर विपक्षी दलसँग सभामुखसहित ३९ मत मात्र छ। एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले साथ दिँदा पनि ४० मत मात्र हुन्छ।

तर एमालेका ४१ सांसदमध्ये २ जना माधव नेपाल पक्षका छन्। तिनले कर्णाली प्रदेशमा जस्तै पार्टीको निर्णयविपरीत फ्लोर क्रस गर्दैै आफूविरुद्धको अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्ने आशंका भएपछि मुख्यमन्त्री शंकर पोखरेलले अगाडि नै पदबाट राजीनामा दिएका थिए।  

 नेकपाबाट उपचुनावमा बिजयी बिमला ओली माओवादी मा गएको थाहा हुनासाथ सरकार जोगाउन मुख्यमन्त्री शँकर पोखरेलको ताण्डवले केही समयको लागि सरकार को आयु त बढायो तर शान्त बुद्धभुमिमा हलचल मच्चाएर केही समय राजनीतिक अशान्ति तर्फ धकेलिदिएका छन् ।

प्रकाशित: २० वैशाख २०७८ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App