coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

दुर्गममा महिला अधिकार

सन्दर्भ–ओरेक दिवस

दुर्गम पहाडी जिल्लाहरुमा आज पनि महिलाहरु अनेकन समस्याका भारी बोकेर बसिरहेका छन्। हर क्षेत्रमा पिछडिएका ग्रामिण भेगका अधिकांस महिलाहरु शिक्षा, स्वास्थ्य, रोजगारी र राजनैतिक पहुचमा छैनन्। पश्चिम नेपालको रुकुममा तत्कालिन सशस्त्र द्धन्द्धका कारण अहिले पनि अधिकांस महिलाहरु मानसिक समस्याले प्रताडित भई रहेका छन्। यहाँ द्धन्द्ध कारण मानिएको परिवर्तनपछि केहि महिलाहरु राजनीतिमा अगाडि देखिए पनि निर्णायक तहको गतिलो भूमिकामा छैनन्।  

सिमा (नाम परिवर्तन) द्धन्द्धको समयमा आफूमाथि भएको अन्यायले सधै पिरोल्ने गरेको बताउँछिन्। उनलाई सधै एक्लो भएको महशुस हुन्थ्यो। उनलाई हरेक पल बिगतको हिंसाले सताउथ्यो। त्यो घटना अनि बितेको याद भुल्न सकिनन्। पछिल्लो अवस्थामा डराउने, मुटु दुख्ने, खाना मन नलाग्ने, निद्रा नलाग्ने र एकोहोरो हुने समस्याले सतायो। उनलाई कुनै बेला मर्न मन लाग्दथ्यो। पटकपटक आत्म हत्या गर्न खोजिन तर केहि न केही कुराले बचायो।  

कुनै समय सपना (नाम परिवर्तन) का घरमा आएका पाहुनाहरुलाई चाउचाउसंग भात खुवाएर स्वागत गर्दथिन्। आफूहरु नुन र रोटि खान्थे। दूध बेचेर पाउडर दूध अनि साग बेचेर स्वाइबिन किनेर खाने चलन थियो। उनिहरुको बारिमा सिजनमा सिमि मात्र लगाउथे। प्रायः समय महि वा नुनको भरमा खाना खान्थे। द्धन्द्धले थलिएको परिवार अनि चरम गरिबिले सपना रातभर निदाउन नसक्ने भएकि थिईन्। मानसिक र शारीरिकक हिसाबले गलेकी उनले जीवनको मोह त्यागेको अवस्था थियो।

जिल्लाका यि दुई प्रतिनिधि घटना मात्र हुन्। पाँच वर्षदेखि निरन्तर द्धन्द्ध प्रभावित महिलाहरुसंग काम गर्दै आइरहेको महिला पुनर्स्थापना केन्द्र ‘ओरेक’को सहयोगमा मनोबिमर्श, मानसिक उपचार र ब्यवसायिक सहयोग पाएपछि यहाँका धेरै महिलाहरुको जीवनस्तर फेरिएको छ। बाख्रा पालन तरकारीको बिउँ बिजन र घर आगन मै लगाउन सिकाएपछि उनिहरु ब्यवसायिक तरकारी खेती गरेका हुन्।  

ओरेक नेपालका मनोबिमर्शकर्ताको सहयोगमा मनोबिमर्श सेवा प्राप्तिपछि छातिमा सुल बनेर गढेको पीडाका पोकाहरु बिस्तारै हलुङगो पारेर ब्यवसायिक बनेका हुन्। एक द्धन्द्धपीडित भन्छिन् ‘ओरेकले स्वास्थ मात्रै बनाएन ब्यवसायका लागि बाख्रा पनि दियो त्यसबाट आम्दानी गरी घर खर्च चलाएको छु।’ उनि भन्छिन्, ‘मैले पुनर्जन्म पाए।’

बढ्दो क्रममा रहेको आत्महत्या रोकथामका लागि समेत आफ्ना गतिबिधि संचालन गरेको ओरेकले सन् २०२० मा प्रजनन् स्वास्थ्य समस्यामा रहेका ५१४ र मानसिक समस्या भएका १०० जनालाई गरेर ६ सय १४ जना महिलालाई मनोबिमर्श सेवा र उपचार प्रदान गरेको थियो। स्कुलमा, आमा समूहमा र स्थानीय तहका जनप्रतिनिधि माझ समेत मानसिक स्वास्थ्यका बारेमा छलफल हुने गरेको छ।  

महिला पुनर्स्थापना केन्द्र ओरेक महिला अधिकार प्रति समर्पित एवं सामाजिक न्यायका निम्ती संघर्षरत एक राष्ट्रियस्तरको गैर सरकारी संस्था हो। २०४७ चैत्र १९ मा स्थापित यो संस्थाले महिला अधिकारको क्षेत्रमा २९ वर्षको लामो यात्रा पार गरेको छ। संस्थाले स्थापना कालदेखिनै सामाजिक न्याय र महिला अधिकारको क्षेत्रमा बिभिन्न स्तरमा अभियानहरु सन्चालन गर्दै आएको छ।  

महिलाको सम्मान पूर्वक बाच्न पाउने अधिकारको सुनिश्चितताको लागि महिला हिंसाविरुद्धको अभियान आर्थिक समाजिक, साँस्कृतिक अधिकारको अभियान र यि दुबै अभियानलाई जोड्दै मानव अधिकार तथा सामाजिक न्यायको अभियान सन्चालन भएको छ। महिलाको घरभित्र र घरबाहिरको नेतृत्वदायी भूमिकाका लागि सशक्तिकरण र सहजिकरणमा सहयोग गरी समानताको लागि कानुन तथा नीति निर्माण परिमार्जन तथा प्रभावकारी कार्यन्वयनमा निरन्त पैरवी गर्दै आइरहेको छ।  

यसै सन्दर्भमा ओरेकले भौगोलिक बिकटता रहेको रुकुम पश्चिममा बिगत ५ वर्षदेखि निरन्तर द्धन्द्ध प्रभावित महिलाहरुसंग काम गर्दै आइरहेको छ। ओरेक रुकुमले द्वन्द्वग्रस्त क्षेत्र त्रिबेणी गाउँपालिका, बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मनोमिर्श केन्द्र स्थापना गरेको छ भने त्यहाँबाट निरन्तर मनोसामाजिक क्षेत्रका साथै ब्यवसायिक रुपमा जोड्ने काम गरीरहेको छ। स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा महिलाको शारीरिक मानसिक सामाजिक स्वास्थ्य हेर्नुको साथै सशत्तिकरण र आर्थिक राजनैतिक कुराको सवालमा काम गर्दै आएको छ। समग्रतामा हेर्दा केन्द्र र प्रदेश सरकारको आखा नपुगेको मानसिक स्वास्थ्यका सवालमा स्थानीय तहहरुले अबका दिनमा चासो हुनुपर्ने देखिन्छ। अस्तु।

प्रकाशित: १९ चैत्र २०७७ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App