१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

नारीहरू कहिलेसम्म असुरक्षित ?

अन्जु हुमागाई

एउटा सेतो कपडामा दाग लागिसकेपछि जति धुँदा पनि जाँदैन, एउटी नारीको जीवन पनि त्यस्तै हो भनेर बर्षौँदेखि घरमा आमा र हजुरआमाले भन्दै आउनुभएको यो कुराले हरेकपल्ट मलाई झस्काइरहन्छ । जबजब म बुझ्ने हुँदै गएँ  वास्तविकता मेरा आँखा अगाडि प्रत्यक्ष रूपमा आइरहेका थिए । म त्यसलाई नजिकबाट नियाल्दै थिएँ । हरेक दिन बालिकालाई बलात्कारपछि मारियो भनेर समाचारका हेडलाइनहरूमै आइरहेका हुन्छन् ।  अपराधी फरार भन्दै यी खबरहरूले कस्को आङ जिरीङ नहोला ?  यही समाचार र बढ्दै गरेको महिला हिसाको कारणले हरेक घरका आमाहरू डरैडरमा बाँचिरहेका छन्  । त्यही त्रासले पनि आफ्ना छोरीहरुलाई घरबाहिर पठाउनुअघि किन, केका लागि,  कोसंग जाने जस्ता थुप्रै प्रश्न चिन्हहरू  तेर्स्याइहन्छ  । छोरी सानी छउन्जेल बाबाको काखमा लुटपुटिन पाउँछन् तर जब उनी पहिलोपटक महिनावारी  हुन्छिन्  ।त्यसपछि बाबा र दाइ सबैसंग अलिकति दुरी राखेर बस भनेर त्यही घरमा आमाले सिकाउँछिन् । हिजोसम्म बाबासँगै सुत्ने छोरीलाई भोलि त्यही बाबाको काखबाट परपर सारिन्छ । हे भगवान्, तिमीले यो कस्तो सृष्टि बनायौ ? सबै दुःख संघर्ष महिनावारीदेखि लिएर प्रसव– पीडासम्म सबै महिलाले नै भोग्नुपर्नै यो कस्तो नियम बनायौ । यही कुराहरूले घरीघरी मनै निमोठिएर आउँछ ।

बाल्यकालमा हजुरआमाले दिने एउटा अर्ति झलझली याद आउँछ ,नानी कसैले दिएको नखाएस। है छोरा मान्छेसंग अलिपरै बसेस् । समय खराब छ । आफ्नो ज्यान आफैँ जोगाएस् है । हुर्कैकी छोरी हरेक समय गोठालो लाग्न पनी नसकिँने रहेछ ।आमाले त्यसो भन्दा उतिबेला सारै रिस उठ्थ्यो तर कताकता किन यस्तो भनेको होला जस्तो पनि लाग्थ्यो । समय बित्दै गयो म आफैँ बुझ्दै गएँ । हाम्रो गाउँ नजिकै आफ्नै श्रीमानको मिलोमतोमा जेठाजुले बुहारीमाथि बञ्चरो प्रहार गरी हत्या गरेर फरार भए भन्ने खबरहरू पनि सुनियो !

बिचरी आमा पनि त विवश रहिछिन् नि हरेक दिन बलात्कारपछि हत्या भयो भन्दै खबर आउँछन् । न हत्यारालाई सजाय छ न त कुनै र्दिबलो  कानुन !! भगवानले पनि मानवरूपी राक्षसहरूलाई किन पठाउनुभयो । देशले जति कोल्टे फेरे पनि नारीका नाममा जति कानुन बने पनि ,आज पनि नारीहरू आफ्नै घरमा सुरक्ष्ति छैनन् समाजको त कुरै छोडौँ । पढाएर जति सक्षम बनाए पनि दाइजो कम भयो भन्दै नारी नै जल्नुपर्छ । आफ्नो शरीरमा तागतकम र एक्लो भएपछि नारीले नै बोक्सीको आरोप खेप्नुपर्छ।  समाजबाट तिरस्कृत हुनुपर्छ । एउटै घरमा आमा समानकी सास ,जेठानी देवरानीहरूबाटै पीडित छन् । कठै सतिले सराप दिएको देश भनेर त्यसै भनिएको होइन रैछ ।

महिला सघंका वरिष्ठ महिला अध्यक्षहरू नै महिला शोषण गर्नमै व्यस्त छन् । नारी हिंसाको कुरा उठाएर न्याय दिलाउनु त धेरैपरको कुरा भयो । गर्भमा आएदेखि जन्मेर मर्नैबेलासम्म पनि नारीहरू सुरक्षित छैनन् । महिलाका दुश्मन महिला नै छन् । दाइजो प्रथाका विरुद्धमा एउटी सासूले बुहारीको पक्षमा बोले बुहारी जिउँदै जल्नुपर्नै थिएन । यस्ता थुप्रै घटनाहरू आज पनि गुपचुपमै सीमित छन् ।  परिवारको इज्जत जाने डरले कयौ महिलाहरू  सहन  बाध्य छन् । उनीहरू महिला हिंसाको विरुद्धमा आवाज उठाउन सक्दैनन् । आफ्नो आवाज दबाएर पीडा सहेर बस्नुबाहेक  उनीहरुसंग विकल्प पनि छैन । उनीहरूका लागि   बोल्ने कस्ले ? जति कानुन बने पनि नारीहरूका लागि जति अधिकारका कुरा गरे पनि ती सबै कागज पत्र र कुराहरूमा मात्रै सीमित भएका छन् । कास सरकारको कुनै कडा कानुन र कारबाही हुँदा हो त धनी– गरीब सबैलाई एकनासको सजाय हुँदो हो त कयौँ अपराधीहरू आज पनि खुलेआम डुलेर हिँड्ने थिएनन् । मेरो देश मात्रै एउटा यस्तो देश हो जहाँ न्याय पनि पैसामा बिक्छ । धनीहरू पैसाले कानुन र न्यायलाई किनिरहन्छन् । गरीबहरू तारीख खेप्दाखेप्दै मरिहन्छन्।  सरकारको ध्यान कता छ ? महिला हिंसा उन्मुलनका नाराहरू के ब्यानरमा मात्रै सीमित हुन् त अनि नारीहरू  कहिलेसम्म असुरक्षित ?

प्रकाशित: २६ माघ २०७७ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App