महामारीका रूपमा रहेको कोभिड–१९ लेविश्व मानव जगतमा आज ठूलो हलचल पैदा गरेको छ। ठूलो/सानो, धनी/गरिब, जाति, धर्म, लिङ्ग, रंग, वर्ग, भूगोल, सशस्त्र/निशस्त्र, सबल/दुर्बल, विद्वान्/मूर्खसबैलाई कसरी बच्ने र बचाउने भन्ने विषयमा सोच्न बाध्य बनाएको छ। विश्व मानव जातिको यस्तो आक्रान्तमा गुज्रिरहेको विपद्को घडीमा नेपाल पनि अछूतो हुन सकेको छैन।डेढमहिनादेखि मुलुक लकडाउनमा छ। ‘जीउ रहे घीउ खान पाइन्छ’ भन्ने उखानलाई नेपालीले राम्रोसँग बुझेका छन्। जसको परिणामस्वरूप सरकारको योजनाअनुसार लकडाउन पूर्णरूपमा पालन भएको छ नै भन्नुपर्छ। सबैले आआफ्नो स्थानबाट सहयोग गरेकै छन्।सर्सर्ती हेर्दा र सुन्दा एकान्तबास जति सहज लाग्छ, व्यवहारमा प्रयोग गर्दा भने गाह्रो छ।
वर्गीय आँखाले हेर्दा गरिब, सुकुमबासी तथा अरूको काम गरेर दैनिकी जीवन गुजारा गर्ने वर्गलाई भनेयो बेला फरक खालको चिन्ताले सताएको छ। अर्थात खानका लागि घरमा अन्नको दाना छैन। काम गर्न जान लकडाउन छ। घरभरिछोरा/छोरी छन्। वृद्धबा/आमाको नियमित औषधि समयमा लिन नसक्दा तिनलाई सकस भएको छ।राहतका लागि सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट सक्दो सहयोग पनि भएको छ। एकद्वार प्रणालीको माध्यमबाट राहत वितरण, सूचना प्रवाहजस्ता कार्यले केही राहत त मिलेको छ। यसैगरी विदेशमा बस्ने नेपालीहरूलाई पनि केही देशले भिसाको म्याद थपेर राख्ने भन्ने मानवता देखाएका छन्।तत्कालका लागि राहत वितरणको कार्यले केही हदसम्म सहयोग पनि पुगेकै छ।अरुले दिएको मानु (खाना) ले कतिञ्जेल धान्ने? तर भविष्यमा आइपर्न सक्नेखाद्य संकटलाई नियाल्न पनि जरुरी छ।
सकारात्मक सोच
यो समय सही अर्थमा फुर्सदिलो भएको समय पनि हो।यो समय सोच्ने, परिकल्पना गर्ने, अध्ययन गर्ने, गहन चिन्तन गरी भावी रणनीति बनाउनेहो। सकारात्मक कुराहरूलाई लिएर अगाडि बढियो भने अवश्य पनि विजय हासिल गर्न सकिन्छ। महामारीलाई केही हदसम्म जित्न सकिन्छ।मानव मन सकारात्मक र नकारात्मक विचार प्रवाह भइरहने प्रक्रियाबाट चल्छ। सकारात्मक विचार भनेको आस्था हो। नकारात्मक विचार भनेको शंका हो। शंका निष्पट अँध्यारो हुन्छ। यो अधिक भयो भने पाइलासमेत चाल्न कठिन हुन्छ र उधो गतितर्फ लागिन्छ वा खाल्टोमा परिन्छ। आस्था भनेको बाटो हो। आस्था झलमल उज्यालो हुन्छ। आस्थाले स्वतन्त्ररूपमा उडान भर्न सक्छ। व्यक्ति, समाज, मुलुकलाई प्रगतिमा लैजान सकारात्मक विचार ल्याउन जरुरी हुन्छ। अहिलेको समयमा सकारात्मकतालाई अग्रपंक्तिमा राखी अगाडि बढ्न अति आवश्यक छ।
मानव मन सकारात्मक र नकारात्मक विचार प्रवाह भइरहने प्रक्रियाबाट चल्छ। सकारात्मक विचार भनेको आस्था हो। नकारात्मक विचार भनेको शंका हो।
अवसर
कृषि क्षेत्र : भूमि र ऊर्वर भूमि निर्विकल्प खाद्य उत्पादनमा प्रयोग नभए विश्व मानव जाति र अन्य आश्रित प्राणीको प्राणधानिनेबाटो देखिँदैन।यो कुरालाई जुनसुकै देशका नीति निर्माता, अन्वेषक, अर्थशास्त्री, कार्यान्वयनकर्ता र आमकृषि पेसासँग सम्बन्धित व्यक्तिहरूले आत्मसात गरेका कुरो हो। नेपाल कृषिप्रधान मुलुक हो। यहाँ प्रशस्त खेतीयोग्य ऊर्वर जमिन छ। जहाँ प्रशस्त उत्पादन हुन्छ। तर पनि मलखाद, बीउविजन, सिँचाइ, प्रविधि, आधुनिक कृषि सामग्रीको परनिर्भरताले गर्दा खाद्य वस्तुमा आत्मनिर्भर हुन सकिएको छैन। पछिल्लो समयमा वैदेशिक रोजगार र सहरीकरणले गर्दा ऊर्वर जमिन बाँझो हुने प्रवृत्ति मौलाएको छ। यो समय रोजगारीका लागि गएका अधिकांश मानिसआफ्नै थातथलो आइपुगेका छन्, यातायात नहुँदापैदलै भए पनि घर आउने क्रम जारी छ। भविष्यमा मुलुकमा खाद्य संकट आउन नदिन यो बेला कृषि क्षेत्रलाई अवसरका रूपमा लिन सकिन्छ। गाउँघरमा कृषि कर्मका लागि सामाजिक दूरी कायम गरेर अर्थात् परिवार, छरछिमेक मिलेर बाली लगाउने,भित्र्याउने, कार्यमा संलग्न हुन सकिन्छ।
मलखादका लागि कुहिने र नकुहिने वस्तु, छुट्याइ घर–घरमा खाडल खनेर कम्पोस्ट मल तयार गर्ने, गँड्यौला पालनबाट मल उत्पादन गर्ने, गोबर मललाई बढीभन्दा बढी सदुपयोगमा ल्याउने, खेती गर्दा रोग र कीराको आक्रमणमा कमी ल्याउन विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ। जसमध्ये पहिलो नेपाल सरकारले सिफारिस गरेका जातको बीउ लगाउने, दोस्रो स्थानीय जातका अन्नमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने हुँदा स्थानीय जातका बीउलाई प्राथमिकता दिने, तेस्रो घरेलु र स्थानीय जडीबुटीहरू प्रयोग गरी आफैँतयार गरी सुपाच्य खाद्यान्नमा असर नगर्ने विषादी प्रयोग गर्ने र चौथोएकीकृत शत्रु जीव व्यवस्थापन (विषादीको प्रयोग नगरी मित्र जीवको संरक्षण गर्दै शत्रुजीवलाई सखाप पार्ने विधि)बाट खेती गर्दा उत्पादनमा कमी आउँदैन।विषादीरहित अनाज उत्पादन हुन्छ। यो प्रविधि तरकारीलगायत जुनसुकै बालीका लागि पनि प्रयोग गर्न सकिन्छ। र, आत्मनिर्भर बन्न सघाउ पुग्छ।
पछिल्लो समयमा नेपाल आत्मनिर्भरता भन्दा पनि परनिर्भरता वा पराश्रिततिर उन्मुख भएको देखिन्छ। जसले गर्दा व्यक्तिमा रहेकोसिर्जनशीलता, बौद्धिकता, क्षमता सुषुप्त रहने हो कि भन्ने डर पनि छ। कृषिकै कुरा गर्ने हो भने बीउ, मलखाद, कृषि औजार, कीटनाशक औषधि, भिटामिन, किसान आफैँलेजोहो गर्न छाडेका छन्। जसको परिणामस्वरूप आज लकडाउन भएको अवस्थामा फसल लगाउने समय भएको छ तर बीउ छैन। मकै गोड्यो, पानी पटायो,मल छैन। भित्र्याउने बेला भएको बाली फौजी कीरा, गोभारो कीराले सखाप बनाएको छ। मकैको बोट राम्रो छ, घोगा पनि लागेको छ तर दाना छैन। मकैको मात्र कुरो होइन। हरेक फसलमा यो कुरा लागु हुन्छ। यसैगरी जमिन बाँझो छाड्ने प्रवृत्ति पनि मौलाएको छ। सहरीकरण, वैदेशिक रोजगारले गर्दा जमिनलाई उत्पादनको साधनका रूपमा भन्दा व्यावसायिकरूपमा हेर्नेर कृषि कर्म गर्ने किसानको हातमा जमिन नहुनुलाई लिन सकिन्छ। यो समय लकडाउनमा बसेका फुर्सदिला मानिसलाई कृषि कर्म गर्न प्रोत्साहित गर्ने राम्रो अवसर हो।
दोस्रो अवसर
सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका विभेद र उत्पीडन अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक आइपुगेको छ। विभिन्न समयका क्रान्ति, जनआन्दोलन, २०वर्षे जनप्रतिनिधिविहीन अस्थिरता,महाविनाशकारी भूकम्प र कोराना भाइरसको महामारीमा लकडाउनको अवस्थामा हाम्रो जस्तो विकासोन्मुख मुलुक आर्थिक विकासको क्षेत्रमा थिल्थिलो बन्दै गएको छ।‘आफूसँग नम्बरी सुन, पित्तलतर्फ गयो धून’भनेझैँ नेपालमा कृषि क्षेत्रको राम्रो आर्थिक स्रोत र खाद्यान्नको प्रचुरसम्भावना हुँदाहुँदै पनि यस क्षेत्रलाई ओझेलमा राखेर अन्यत्र दौड्नुलेदिगो विकासतर्फ अझ पनि सरकारको ध्यान नगएको सहजरूपमा बुझ्न सकिन्छ। योसमयमाकृषि क्षेत्रमा सरकारले बढीभन्दा बढी लगानी गर्नुपर्छ। जो वास्तविक किसान हो, जसले खेतमा श्रम गर्छ, उसको हातमा कृषि क्षेत्रका बजेट र सुविधा पुग्नु आवश्यक छ। साथै कृषियोग्य भूमि किसानको हातमा दिनुपर्छ। ताकि बाँझो जमिन उपयोगमा ल्याई भोलिका दिनमा खाद्य सुरक्षामा आत्मनिर्भर हुन सकियोस्।
वितगमा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि दिगो विकासको पाठ सिक्न सकिन्छ। उदाहरणका लागि भियतनामलाई लिन सकिन्छ। दोस्रो विश्वयुद्धको चपेटामा भियतनाम नराम्रोसँग परेको थियो। त्यहाँका ऊर्वर खेतीयोग्य जमिनटनका टन बम र बारुदको वर्षाले छियाछिया भएका थिए। जीवाणुले गर्दा त्यहाँका जंगलका रुखका पातसम्म थिएन। माटोमा केही नउम्रने अवस्था थियो। यस्तो परिस्थितिमा रहेको जमिन सरकारले जब वास्तविक भूमिहीन किसानलाई दिएर कृषिको क्षेत्रमा लगानी गर्यो, जसको परिणामस्वरूप आज विश्वमा कृषि क्रान्तिमा अग्रपंक्तिमा आएको देशका रूपमा भियतनामलाई लिन सकिन्छ। यसैगरी नेपालमा पनि कृषिको सम्भावना धेरै छ। सुकुमबासी समस्या समाधान आयोगभर्खरै गठन भएको छ। लामो समयको प्रतीक्षापछि सुकुमबासी समस्या समाधान आयोग गठनसँगै भूमिहीन, सुकुमबासीमा खुसी छाएको छ। पुस्ताैँदेखि अरूको जमिन, ऐलानी जमिन, जंगलको छेउ, खोलाको किनार, सडकको छेउ, नहरको किनार र पोखरीको डिलमा असुरक्षित रजोखिम मोलेर बसोबास गर्दै आएकाभूमिहीन, सुकुमबासीका परिवारमा आशाको त्यान्द्रो पलाएको छ।
हुन त योअघि नेपालमा १४ वटा आयोग गठन भइसकेका छन्। २०६२/६३ को जनआन्दोलनपछि मात्र पनि चारवटा आयोग बने। तर तिनले सुकुमबासीहरूको आँखामा छारो हाल्ने कामबाहेक केही गर्न सकेनन्। प्रगतिशील र सुकुमबासीको पक्षमा काम गर्नेखालको आयोग थियो बडाल आयोग। यस आयोगले आफ्नो प्रतिवेदन तयार गरी २०५२ भदौ ८ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष पेशसमेत गरेको थियो। उच्चस्तरीय भूमि सुधार (बडाल) आयोग २०५१ लेकेही गर्ला भने सुकुमबासीहरूमा ठूलो आशा जगाएको थियो। फेरि पछि २०७१ मा सुवेदी आयोग गठन भयो। यसले सुरुवातका दिनमा कार्यलाई व्यापक प्रचारप्रसारका साथ अगाडि बढायो। यो आयोगमा लामो समयदेखि भूमि अधिकारबाट वञ्चित भूमिहीन, सुकुमबासीहरूको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका केही व्यक्ति सदस्य थिए। तर यो आयोगको आयु दुई वर्षको भए तापनि छ महिनामै भत्काउने काम भयो।अहिले बल्लदेवी ज्ञवाली अध्यक्ष रहेको केन्द्रीयआयोग गठन भएको छ। यसले पुस्तौँदेखि सुकुमबासीको पीडा भोग्दै आएका लाखौँसुकुमबासीको मुहारमा आशाको किरण देखिएको छ।
यो आयोग अन्य आयोग जस्तै आफ्नो कार्यमा अधुरो नहोस् भन्ने कामना सुकुमबासीहरूले गरिरहेका छन्। कतिपयले त आफ्नो नाममा जमिन, त्यसमा सानो घर रभयरहितजीवनको परिकल्पनासमेत गर्न थालेका छन्।यो आयोगलाई पूर्णता दिन सबै क्षेत्र, वर्ग, तह÷तप्कामा रहने व्यक्तित्वहरूले आआफ्नो स्थानबाट सहयोग गरौँ। र, सकारात्मक कृषि र भूमि सुधार गरौँ।
प्रकाशित: २५ वैशाख २०७७ ११:०३ बिहीबार