युग कवि श्रेष्ठका अनुसार “उज्यालो घामको निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो। यो लछारपछारमा आफूलाई अघि बढाउने बल साहित्यले दिइरहेको हुन्छ। भइरहेको सामाजिक विकृति र विसङ्गतिलाई पनि कलापूर्ण ढङ्गले अभिव्यक्त गरेमा त्यो शाश्वत साहित्य हुन सक्छ।
न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले बिहीबार आश्चर्यजनक हिसाबले राजीनामाको घोषणा गरेकी छन्। आगामी अक्टुबरमा हुने आमचुनाव लड्न आफूसँग ऊर्जा नभएको बताउँदै उनले केही सातामै आफू सत्ताबाट बाहिरिने घोषणा गरेकी हुन्। उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीबाटै नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गर्ने आशा व्यक्त गरिन्।
सन् १९६६ मा पेइचिङमा आयोजित अफ्रो–एसियाली लेखन सम्मेलनमा श्रेष्ठले भनेका थिए, ‘ठूला शक्तिशाली मुलुक तथा साम्राज्यवादी उपनिवेशवादीहरूबाट हुने अतिक्रमण तथा हस्तक्षेपको विरोधमा उभिनु र कराउनुपर्छ।’