आसन्न तिम्रोछेउ, मेरा रोदनका हिक्काहरू पोखिए तैपनि छोएन मेरा दुःखले पग्लिएनौ तिमी, चिसिएर अझै जमिरह्यौ, म र मेरो पीडा सायद तिम्रो लागि सधैं नै बत्तीमुनिको अँध्यारो।
‘आमा’ आकाश जस्तै फराकिली, हावा जस्तै व्यापक, समुद्रजत्तिकै गहिराइ बोकेकी, पुराना कुरा कथा जस्तै सुनाउने कथावाचक, एउटा सिङ्गो पाठशाला र थुप्रै अर्थ खोजेर समाधान पाइने बृहत् शब्दकोश हुन्।