शासनसत्ताले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएपछि जनताले खुला रूपमा विरोध गर्न नसक्ने अवस्था थियो। यस्तो दमनकारी परिवेशमा साहित्यकारहरूले चेतनामूलक सिर्जना र वैकल्पिक शैलीमार्फत जनताको आवाजलाई जीवित राखे।
२०१४ सालमा शिक्षामन्त्री हुँदा देवकोटाले भानुभक्त आचार्य वा मोतीराम भट्टको जन्मस्थललाई साहित्यकारको तीर्थस्थल र संग्रहालय बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए। सुन्दर संयोग, आज राज्यले उनकै घरलाई संग्रहालय बनाउँदै छ।