आमा जिउँदै हुँदाखेरि, हेला गरी फाल्नेहर,आमाभन्दा बरु कुकुर,प्यारो गरी पाल्नेहरू। कुन्नि किन ढर्रा पार्छन्,आमा मरी गएपछि, आमा भन्दै पुराण लगाई, देख्छु बत्ती बाल्नेहरू।
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ,यहाँ कालोलाई सेतो, सेतोलाई फेरि कालो नबनाऊ। सम्झ नेपालीको इज्जत, पुर्खाको त्यो सान, चन्द्रसूर्य अंकित झण्डालाई, मागी खाने टालो नबनाऊ।
पानीको थोपा कर्कलाको,पातमा बोके जस्तै लाग्छ,खुलमखुल्ला कोमल मुटु, हातमा बोके जस्तै लाग्छ। तिम्रो मेरो सम्बन्ध पनि, यस्तैयस्तै महसुस गर्छु,पड्कन तयार भएको बम, साथमै बोके जस्तै लाग्छ।