मनमा चोट दिने घाउ नलगाउनुस्!
दिल दुखाउने कुनै दाउ नलगाउनुस्, मनमा चोट दिने घाउ नलगाउनुस्। अब त बुझ्न थालेँ तपाईंका हाउभाउ, मसँग झूटो कुनै भाव नलगाउनुस्।

दिल दुखाउने कुनै दाउ नलगाउनुस्, मनमा चोट दिने घाउ नलगाउनुस्। अब त बुझ्न थालेँ तपाईंका हाउभाउ, मसँग झूटो कुनै भाव नलगाउनुस्।
कति जन्मसम्म प्रतीक्षाको दियो बालिरहूँ, अतृप्त चाहनालाई नै जीवन ठान्ने बानी छ।
विश्वास हराएपछि प्रेम कहाँ अमर रहन्छ र, आफ्नै मान्छेको हातबाट सम्बन्ध नै फुट्छ यहाँ।
नदी मात्रै दोषी कहाँ? मौन सरकार बग्यो,पीडितको आँसु देख्दा पनि कसरी अन्तर बग्यो?
बस्ती उजाडिँदा जीवन अँध्यारो भयो, हिजोको त्यो हाँसो आज आँसुको धारो भयो।
घाउ नै घाउ छ मुटुभरि, कति चोट परेको हो,आँखाभरि नमी किन आज यति झरेको हो।
कुर्सी फेरिए पनि उस्तै देशको दशा छ यहाँ, जनताका आँखाभरि वर्षौँदेखिको व्यथा छ यहाँ।
अश्रु देऊ वा अधरमा मुस्कानका फूल सजाऊ, तिमीबाहेक अरू कसैको प्रेम साँच्न सक्दिनँ।
जलेको छु आफैँभित्र, देखाऊँ म कसरी, जे लेख्यो भाग्यले ललाटमा, मेटाऊँ म कसरी। बहिष्कृत गर्यौ जुन दिलबाट निःशब्द निर्दयी भई, त्यही उजाड हृदयभित्र फेरि आऊँ म कसरी।
