सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विश्व अर्थतन्त्रमा नवीनता र दिगो वृद्धिको स्रोतको व्याख्या गर्ने तीन अर्थशास्त्री - जोएल मोकिर, फिलिप एगियान र पिटर हविटलाई संयुक्त रूपमा प्रदान गरियो।
नेपालको संविधानले सबै नागरिकलाई मताधिकार दिएको भए पनि व्यवहारमा विदेशमा बसेका लाखौं नेपाली प्रकाशित आदेश र वाचा हुँदाहुँदै पनि मतदान प्रक्रियाबाट बहिष्कृत छन्।
हरिराज भट्टराईद्वारा लिखित उपन्यासको ‘याङ्सिला’मा मैले यात्रा, भूगोल, अनि भूगोलको पहिचान वनस्पति र प्राणीहरू, मानव समाज, समाजभित्रका परम्परा र अन्धविश्वासहरू, जबरजस्त माया प्रितीका सञ्जालहरू, त्यसबाट सृजिएका रोमाञ्चकारी रहस्यहरू, प्राकृतिक यौन मनोविज्ञानका कुण्ठा वा विकृतिहरू, जनसंस्कृति र राजसंस्कृतिहरू, अनुनय, विनय, आडम्बर र स्वाभिमानहरू आदि धेरै कुराका झलकहरू झुलुकझुल्किँदै क्षितिजतिर बिलाएका पाएँ।