रेल : ब्रोड गेज हैन, स्ट्यान्डर्ड गेज
विगत केही वर्षदेखि नेपालमा रेल मार्ग भाषण र चर्चाको विषय बन्ने गरेको छ । बिमस्टेक सम्मेलनमा भाग लिन आएका भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच रक्सौल–काठमाडौँ रेलमार्गको ‘ब्रोड गेज लाइन’को प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षण गर्ने सहमति भएको छ ।