कागबेनीदेखि उकालो लाग्दै गर्दा मान्छेलाई मात्र नभई गाडीलाई पनि लेक लाग्दो रहेछ। मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जति नै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ।
आज देशैभरि योग्यता, क्षमता, इमानदारी केही चाहिँदैन । चाकरी, चाप्लुसी र चाटुकारी भए सिँढी चढ्न पर्याप्त हुन्छ । लिलाम बढाबढमा छन्, सम्पूर्ण मालदार पद । यहीँका कुरा गरौँ, यहाँ २४ घन्टामा २५ घन्टा ओभरटाइम भत्ता ज्यूनार गरेको इतिहास छ । निजीमा १०/१५ जनाले हुने कामका लागि झन्डै डेढ सय हुँदा पनि काम हुँदैन ।