२२ वैशाख २०८१ शनिबार
image/svg+xml
माेहनविक्रम सिंह


माेहनविक्रम सिंहका लेखहरु :

संविधान र स्थानीय निर्वाचनमा खेलवाड

अहिले सत्तापक्षले जुन प्रकारको नीति अपनाउने वा कारबाही गर्ने कार्य गरिरहेको छ, त्यसबाट संविधानको कार्यान्वयन र स्थानीय निर्वाचनसमेतबारे उनीहरूले अत्यन्त गैरजिम्मेवार खेलवाड गरिरहेका देखिन्छ । संविधान अत्यन्त महत्वपूर्ण दस्तावेज हो । त्यससित हाम्रा कैयौं गम्भीर मतभेद छन् । प्रथम, यो संविधान अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाभित्र बनेको छ । त्यसैले यसका आधारमा वास्तविकरूपमा देशमा पुँजीवादी प्रजातन्त्र पनि स्थापित गर्नु वा जनताका आधारभूत समस्या समाधान गर्न सम्भव छैन । द्वितीय, यसले संघीय प्रणाली अपनाएको छ । त्यो नेपालका लागि उपयुक्त छैन र त्यसबाट देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना हुनेछ । व्यवहारले त्यो कुरा स्पष्ट गर्दै गइरहेको छ र भविष्यमा त्यसले अरु गम्भीर रूप लिने सम्भावना छ । तैपनि अहिलेको संविधानले तात्कालिकरूपमा ठूलो र सकारात्मक महत्व राख्छ । किनभने एकातिर यो जनताको करिब ६ दशक लामो संघर्षको उपलब्धि हो । अर्कातिर, त्यसमा गणतन्त्र र धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विशेषता समाविष्ट छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्