११ वैशाख २०८१ मंगलबार
image/svg+xml
पोस्तक श्रेष्ठ


पोस्तक श्रेष्ठका लेखहरु :

पानी

पूर्वी तराईको एउटा गाउँबाट गुजिँदै थिएँ। कसैले बोलायो। आवाज आएको दिशातिर हेरेँ । नजिकै एउटा इनार थियो । इनारनिर उभिएकी थिइन, एउटी महिला । साथमा खाली बाल्टिन र गाग्री । म उनी नजिक गएँ।

मुन्नी

‘स्कुल हिँड्न हतार भइसक्यो । ल भात पस्किदेऊ,’ गुरुप्रसाद मास्टरसापले आफ्नी पत्नीलाई अह्राए । ‘के हो यो, आलु मात्र ? केही हरियोपरियो छैन ?’ दाल र आलुको भुजिया मात्र देखेर मास्टरसापको रिसको पारो चढ्यो ।‘आज मुन्नी आइन त । धन्न अस्ति लिएको आलु अलिकति मात्रै बाँकी रहेछ।’

माइजुकी भदैनी (कथा)

दशैँको टिकाको दिन। आफ्नो घरमा टिका लगाएपछि प्रशन्न मामाको घर नवलपरासी पुग्यो। उ पुग्दा मामाको घरको ढोका खुलै थियो।

बिग्रिएकी केटी (कथा)

धेरै जसो ठगहरु, नसाको कुलतमा परेका, दूर्ब्यसनीहरु हुन्छन्। ती युवतीलाई एक छिन नियालेर हेरेँ। राम्री थिइन्। हिस्सी परेकी। बान्की परेको शरीर। तीन दशक वरिपरिको उमेर हुनुपर्छ। उनको पहिरन, ब्यक्तित्व, शारीरिक भावभङगीमा ठग वा दूर्ब्यसनी जस्तो लागेन। एक डलरको लागि किन कसैको बारे धारणा बनाउनू? गोजीबाट पर्स निकालेँ। प्रायः मेरो पर्समा नगद हुन्न। क्रेडिट कार्डबाटै चल्ने देश न पर्‍यो अमेरिका। उनको भाग्य, पर्समा एक डलर रहेछ; दिएँ।

कथा : हिलोको फूल

विनाउद्देश्य हिँड्दाहिँड्दै जमल पुगेँछु। थकाई लाग्यो र ट्याक्सी बोलाएँ। ड्राइभर अलि फरक रहेछ। सुरुमै कहाँ जाने भनेर सोधेन र भाडा यति लाग्छ भनेर गजक्क पनि परेन। अगाडिपट्टिको सिटमा बसेँ। त्यसपछि भने उसले सोध्यो। 'कहाँ पुर्‍याइदिउँ दाइ?'

नैना

'तिम्रो नाम के भन्यौ रे, मैले बिर्सेछु।' 'मैले मेरो नाम भनेकै छैन। कस्तो बाठो मान्छे?' वास्तवमा रुपले  नाम सोधेकै थिएन। उनले पनि भनेकी थिइनन्। कसैको नाम सोध्ने यो रुपको शैली थियो। 'मेरो नाम सुनयना। तर नैना भन। सबैले नैना भन्छन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्