धेरै जसो ठगहरु, नसाको कुलतमा परेका, दूर्ब्यसनीहरु हुन्छन्। ती युवतीलाई एक छिन नियालेर हेरेँ। राम्री थिइन्। हिस्सी परेकी। बान्की परेको शरीर। तीन दशक वरिपरिको उमेर हुनुपर्छ। उनको पहिरन, ब्यक्तित्व, शारीरिक भावभङगीमा ठग वा दूर्ब्यसनी जस्तो लागेन। एक डलरको लागि किन कसैको बारे धारणा बनाउनू? गोजीबाट पर्स निकालेँ। प्रायः मेरो पर्समा नगद हुन्न। क्रेडिट कार्डबाटै चल्ने देश न पर्यो अमेरिका। उनको भाग्य, पर्समा एक डलर रहेछ; दिएँ।