१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘तिम्रै माया छ’ सार्वजनिक

रमेश पाठकको स्वरमा रहेको गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएको छ। रमेशकै शब्द, संगीत र दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतको भिडियो डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो।

यस्तै नृत्य निर्देशक गोविन्द प्रभात, निर्देशक पवन केसी र गायिका मञ्जु लावती अतिथि रहेका थिए।

प्रमुख अतिथि डा. बरालले गीतमा शब्द, संगीत र स्वरको राम्रो संयोजन रहेको बताए। यस्तै अन्य अतिथिले गीत जति राम्रो छ भिडियो पनि त्यतिकै राम्रो रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए।

गायक रमेशले सबैको प्रयासबाट एउटा राम्रो गीतको भिडियो श्रोता/दर्शकमाझ ल्याएको बताए।

कृष्ण रसालको निर्देशन रहेको गीतको भिडियोमा शिला गजुरेल र रोशन श्रेष्ठलाई फिचरिङ गरिएको छ। यस्तै भिडियोमा जितेन्द्र महर्जनको पनि अभिनय छ।

वासु बरालको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा राकेश दाहालको दृश्य सम्पादन र कलर छ। गीतको भिडियो रमेश पाठक अफिसियल यूट्युब च्यानलमा सार्वजनिक गरिएको हो।

पाठकको स्वरमा विविधता छ। सोहीअनुरूप नै उनले लोक, आधुनिक, पप विधामै गीतहरू ल्याएका छन्, जुन श्रोता र दर्शकले मन पराइरहेका छन्। पाठकले समसामयिक, चेतनामूलक, व्यावसायिक र विविध किसिमका गीत गाउँदै आएका छन्।

प्रकाशित: ५ पुस २०८२ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App