साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान-२०८३’ बाट सम्मानित भएका छन्।
सोलुखुम्बुको नेचा सल्यानमा आयोजित एक कार्यक्रमका बीच नगद रू ८८४८ सहित सम्मानित भएका हुन्।
साहित्यकार कट्टेललाई नेपाली भाषा साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत सोलुखुम्बु इनिसियटिभ नामक संस्थाले सम्मानपत्र, मेडल र दोसल्ला सहित उनकै जन्म गाउँमा एक सम्मान गरिएको हो।
संस्थाले एक साहित्यिक कोषको व्यवस्था गरी राष्ट्रिय रूपमा ख्यातिप्राप्त साहित्यकारलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गर्ने गरेको छ।
गत साल डा. रेणुका थापालाई यो सम्मान अर्पण गरिएको थियो भने यस वर्षका लागि कवि हरि कट्टेल र हाल युके प्रवासमा रहेका डा. मुलीवीर राईलाई विभूषित गरिएको छ।
दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभासद बुद्धिकुमार राजभण्डारीले सम्मानपत्र, नगद र दोसल्लाले सम्मानित गरेका थिए।
विशिष्ट अतिथि नेचा सल्यान गापा अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राई समेत रहेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बास्तोलाले गरेका थिए।
साहित्यकार कट्टेल कविता लामो समयदेखि साहित्य साधनामा समर्पित एक विशिष्ट कवि एवम् कुशल समालोचक मानिन्छन्। हाल विराटनगरमा बसोबास गर्ने उनी सोलुखुम्बुमा नै जन्मेका लोकप्रिय साहित्यकार हुन।
प्रकाशित: २९ कार्तिक २०८३ ०७:५० आइतबार





