साहित्यकार बी डी त्यागीको स्मृति दिवसको अवसरमा बी डी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बी डी त्यागी सम्मान पुरस्कार अर्पिएकाे छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा केन्द्रकी संरक्षक गौरी आचार्य, अग्रज साहित्यकार वेदमणि घिमिरे, उपन्यास समाजका अध्यक्ष एवं सम्मान चयन समितिका संयोजक शंकर भारती लगायतले सम्मान समर्पण गरे।
रामहिंटीमा आयोजित एक कार्यक्रममा ‘नेपथ्य सम्मान’ यस वर्ष साहित्यिक क्षेत्रमा अग्रणी भूमिका खेलेको गोकर्णेश्वर नगर पालिकाका प्रमुख दीपक रिसाल, ‘बीडी त्यागी योगदान सम्मान ‘ साहित्यकार तथा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेल, ‘बीडी त्यागी योगदान सम्मान ‘ साहित्यकार तथा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेल, ‘बी डी त्यागी प्रतिभा सम्मान’ द्वारा साहित्यकार तथा पत्रकार प्रदीप सापकोटा सम्मानित भए।
यसैगरी,‘गौरीत्यागी स्रष्टा जीवन साथी सम्मान’द्वारा ललिता श्रेष्ठ सम्मानित भइन्।
सम्मानित स्रष्टाहरुलाई केन्द्रकी संरक्षक गौरी आचार्य, उपन्यास समाजका अध्यक्ष शंकर भारती र अग्रज साहित्यकार वाजुराम पौडेल लगायतले सम्मान समर्पण गरे।
जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको नाममा स्मृति केन्द्रले हरेक वर्ष उनको स्वर्गारोहण भएको दिन यी सम्मानहरू समर्पण गर्दै आएको छ।
शंकर भारतीको अध्यक्षता तथा कल्पना खतिवडाको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष कृष्ण आचार्यले राखे। कार्यक्रममा सुसेली गाएर दुर्गा भमरकोटेले सम्मानित हुनेहरूको परिचय दिएका थिए।
प्रकाशित: २० वैशाख २०८३ ०६:३७ आइतबार




-600x400.jpg)
