वैशाखको अन्तिम साता (२६ गते) प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा सार्वजनिक भएको छ। चलचित्रले खर्च भएको लगानीभन्दा बढी व्यापार गरी सफल भएको थियो। चलचित्र ‘ऊनको स्वीटर’ विश्वभरका दर्शकले अब घरमै बसेर हेर्न पाउने छन्।
अन्तरजातीय प्रेम कथामा आधारित यो चलचित्रको गीतहरू पनि निकै लोकप्रिय भएका छन्। चाहे त्यो ‘मखमली’ होस् वा ‘काफ्ले’, यी दुवै गीतलाई दर्शकले रुचाएका छन्। गीत ‘फकाउछ काफ्ले’ युट्युबमा अहिलेसम्म २ करोड ५० लाख पटक हेरिसकेका छन्। साथै, ५० भन्दा बढी उत्कृष्ट गीतमा टिकटक बनिसकेका छन्। गीतले आजसम्म पनि आकर्षक चर्चा कमाएको छ।
चिन्तनराज भण्डारीले छायांकन गरेको चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन्। साथै, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुजन तमु लगायतका कलाकार रहेका छन्।
प्रकाशित: ५ आश्विन २०८२ १२:५३ आइतबार

