“यतिखेर! विहानै खाने गरेर आउनुपर्छ नि!”
“होइन नि माइजू, म विहानै आएँ भने केटाकेटीको बिजोक हुन्न? स्कूल पठाई उम्केकी।” भान्जीले मामामाइजूका अगाडि स्पष्ट पारिन्।
मामाले थपे, “सबैलाई चटारो छ गृहस्थ जीवनमा हरपरिस्थिति स्वीकार्नुपर्छ! “
“केटाकेटीमा मामाघर बसेर खाएको, रमाएको म त बिर्सिन्न नि मामा! तल घरकी मैचा जाँड खाएर मातिएर हामीसँग खेल्न आउँथी हैन त मामा?” भान्जीले पुरानो स्मरण बिउँताइन्।
माइजू भन्छिन्, “जाँडको कुरा नगरौं भान्जी, मैचाको के कुरो? हजुरको मामाले मसँग विवाह भएको सत्ताइस वर्षपछि जाँडरक्सी खान थाल्नुभो म कसरी बसूँ?“
मामा भन्छन्, ”समयको कुरो हो। मान्छेको उमेर, मर्जी, इच्छाशक्तिका कुरा हुन् यी सब!“
“त्यसो भए तँ पनि तरूनी हैन बूढी रोगी भइस् म कसरी बसूँ त?”
प्रकाशित: ७ श्रावण २०८३ १२:५८ बिहीबार





