१७ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

प्रदर्शन हुन चार दिन बाँकी रहँदा किन सर्‍यो पंकज त्रिपाठीको फिल्म ‘ओ माई डग’ ?

अभिनेता पंकज त्रिपाठी अभिनीत फिल्म ‘ओ माई डग’ को प्रदर्शन मिति अन्तिम समयमा सारिएको छ।

यसअघि जुलाई ३१ मा रिलिज हुने तय भएको फिल्म अब अगस्ट ७ मा प्रदर्शन हुने भएको हो।

फिल्मका निर्देशक अमित राय ले रिलिज स्थगित गर्नुको कारणबारे जानकारी दिँदै हलमा भइरहेको कडा प्रतिस्पर्धालाई मुख्य कारण बताएका छन्।

उनका अनुसार हाल सिनेमाघरमा ‘द ओडिसी’ र ‘धमाल ४’ जस्ता ठुला फिल्म प्रदर्शनमा छन् भने ‘स्पाइडर–म्यान’ ले पनि उत्कृष्ट ओपनिङ गर्ने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा नयाँ फिल्मले पर्याप्त शो र स्क्रिन पाउन कठिन हुने उनको भनाइ छ।

अमित रायका अनुसार ‘ओ माई डग’ पनि पारिवारिक मनोरञ्जनमा आधारित फिल्म भएकाले यसको लक्षित दर्शक ती ठुला फिल्मसँग मिल्दोजुल्दो छ।

पर्याप्त स्क्रिन नपाउँदा फिल्मको प्रचार–प्रसार तथा रिलिज रणनीतिमा असर पर्ने भएकाले प्रदर्शन मिति सार्ने निर्णय गरिएको उनले बताए।

उनले एक सातापछि रिलिज गर्दा ठुला फिल्महरूको प्रारम्भिक क्रेज कम हुने र ‘ओ माई डग’ ले बढी स्क्रिन तथा दर्शक पाउने विश्वास व्यक्त गरेका छन्।

निर्देशक रायले फिल्मको प्रदर्शन मिति सार्ने निर्णय रणनीतिक रूपमा गरिएको स्पष्ट पार्दै यसले फिल्मको बक्स अफिस प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।

प्रकाशित: ११ श्रावण २०८३ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App