३१ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

कार्यक्रममा किन रोए गायक बाबुल गिरी?

 शनिबार इन्फा अवार्ड २०२६ कार्यक्रम क्रममा गायक बाबुल गिरी आफ्नो प्रस्तुतिकै क्रममा आँखा भरि आशु लिएर रोए।

काठमाडौंमा आयोजित शनिबार साझ उनी इन्फा अर्वाड २०२६ मा आफ्नो प्रस्तुति दिने क्रममा बुवालाई सम्झिदै रोएका थिए। छोरा मान्छे भएको कारण आफू कसैको अगाडि रुन नसक्दा मनै गरुहोँ हुने, बुवा बितेको एक वर्षबढी हुदा पनि आफू कसैको अगाडि नरुएका भन्दै उनी प्रस्तुतीकै क्रममा दर्शकलाई समेत रुवाएका थिए।

प्रस्तुतिमा उनले गत वर्ष प्रदर्शनमा आएको चलचित्र  ‘आ बाट आमा’ को गीत ‘लैजा खबर’ गाएका थिए। साथै ‘तलाई तलाई शोफिङ गर्देको पैसा फिर्ता ले’ लगायतका गीतमा उनले प्रस्तुति दिए।

प्रकाशित: ३१ श्रावण २०८३ १८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App