७ आश्विन २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘रमणी’ सुरु गरेको दुई महिनामै किन पसल सार्दै एलिना ?

गायिका एलिना चौहानको ड्रिम प्रोजेक्टका रूपमा सुरु गरिएको ‘रमणी’ सञ्चालनमा आएको करिब दुई महिनामै पुरानो स्थानबाट सर्नुपर्ने भएको छ।

एलिनाका अनुसार ‘रमणी’ रहेको भवनको स्वामित्व व्यवसाय सुरु भएको केही दिनमै अर्कै व्यक्तिको हातमा पुगेको थियो।

पछि उक्त भवन नै भत्काउने निर्णय भएपछि ‘रमणी’लाई त्यहाँबाट हटाउनुपर्ने अवस्था आएको हो। अचानक आएको यो परिस्थितिले आफू निराश भएको एलिनाले भिडियो सन्देशमार्फत बताएकी छन्।

यद्यपि ग्राहक, शुभचिन्तक र समर्थकबाट प्राप्त साथ र हौसलाले आफूलाई पुनः अघि बढ्ने ऊर्जा मिलेको उनले बताइन्। अब ‘रमणी’लाई काठमाडौंको मध्य बानेश्वरस्थित रत्न राज्य स्कुलको ठीक अगाडि नयाँ स्थानमा सञ्चालन गर्ने तयारी गरिएको छ।  

एलिनाका अनुसार नयाँ आउटलेटको उद्घाटन अबको करिब ९–१० दिनभित्र गर्ने योजना छ। छोटो समयमै ठेगाना परिवर्तन गर्नुपरे पनि ‘रमणी’लाई बन्द गर्ने नभई अझ व्यवस्थित रूपमा अघि बढाउने एलिनाको योजना छ।

उनले नयाँ यात्रामा पनि ग्राहक तथा शुभचिन्तकको निरन्तर माया र साथको अपेक्षा गरेकी छन्।

प्रकाशित: ७ आश्विन २०८३ १७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App