१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

पाँच चलचित्र मध्य कसले कति कमायो?

बक्सअफिस सिनेपाले देशभर प्रदर्शन भइरहेको स्वदेशी चलचित्रहरू (जेरी अन टप, परान, बरिष्ठ बलराम, मैझरो, सोल्टिनी) को कार्तिक २२ गते शनिबार बेलुका १२ बजेसम्मको व्यापार तथा टिकेट विवरण सार्वजनिक गरेको छ।

चलचित्र ‘जेरी अन टप’ अहिलेसम्मको कमाइका हिसाबले टपमा रह्यो।  

सूचीमा रहेका यी पाँच चलचित्र मध्ये जेरी अन टपले सर्वाधिक कमाएको छ। गत असोज ३१ गते प्रदर्शनमा आएको चलचित्रले सालको सर्वाधिक कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ।  

चलचित्रले शनिबारसम्म कुल ११ करोड ७१ लाख ४१ हजार चार सयै ९८ रुपियाँ कमाएको  छ। भने चलचित्रको कुल टिकेट बिक्री तीन लाख ७५ हजार ८१ भएको छ।

कार्तिक १४ गतेबाट प्रदर्शनमा आएका चलचित्र ‘परान’ ले  दर्शकको मन छोएको छ। प्रदर्शको छोटो समयमा पनि राम्रो कमाइ गरेको छ। चलचित्रले तीन करोड ७१ लाख ३६ हजार पाँच सय ५३ को व्यापार गरेको छ। एक लाख २८ हजार छ सय ७९ टिकेट बिक्री भएको छ।

चलचित्र ‘बरिष्ठ बलराम’ दयाहाङ राई र विजय बराल अभिनित चलचित्र कार्तिक ६ गते प्रदर्शनमा आए चलचित्रको व्यापार भने खासै राम्रो देखिएन्। सिनेपाका अनुसार चलचित्रले दुई करोड ५६ लाख ५७ हजारको नौ सय २९ को व्यापार र ८५ हजार तीन सय ५६ वटा टिकेट बिक्री भएको छ।

कार्त्तिक ७ गते प्रदर्शनमा अएको चलचित्र ‘मैझारो’ ले कुल एक करोड ४ लाख २९ हजार दुई सय ८८ को व्यापार गरेको छ। भने बिक्री टिकेट ३५ हजार एक सय ७६ रहेको छ।

चलचित्र सूची मध्येको पाँचौँ चलचित्र ‘सोल्टिनी’ ले जम्मा २९ लाख पाँच हजार नौ सय ५६ को व्यापार गरेको छ। आठ हजार नौ सय ४५ टिकेट बिक्री भएको छ।

No description available.

प्रकाशित: २४ कार्तिक २०८२ २२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App