१५ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

जब हलिउड अभिनेताले प्रशंसकका निधारमा हस्ताक्षर गरे...

 

हलिउड अभिनेता ड्वेन जॉनसन ९द रक० ले हालै विद्यालयका विद्यार्थीहरूसँग भेट गर्दै उनीहरूलाई जीवनबारे प्रेरणादायी सन्देश दिएका छन्। उनले यस भेटको भिडियो आफ्ना सामाजिक सञ्जालमा पनि साझा गरेका छन्।

भिडियोमा विद्यार्थीहरू ड्वेन जोन्सनलाई प्रत्यक्ष भेटेर निकै उत्साहित देखिन्छन्। त्यही क्रममा एक प्रशंसकले आफ्नो निधारमा केही विशेष लेखिदिन आग्रह गरेपछि ड्वेनले उनको निधारमा  ‘आई लव यू’ लेखेर आफ्नो हस्ताक्षर समेत गरेका थिए।

त्यसपछि एक विद्यार्थीले आफ्ना साथीहरूले आफू यति ठूलो कलाकारसँग भेटेको कुरा पत्याउने छैनन् भनेपछि ड्वेनले हाँस्दै भने, 'अब उनीहरूले विश्वास गर्नेछन्। यो कुनै नक्कली वा कृतिम भिडियो होइन, हामी साँच्चिकै भेटिरहेका छौं।' त्यसपछि उनले उपस्थित विद्यार्थीहरूसँग सेल्फी खिचे।

उक्त अवसरमा ड्वेनले बालबालिकालाई वर्तमान क्षणको आनन्द लिन सुझाव दिँदै भने, ‘जीवनको हरेक क्षणलाई रमाइलोसँग जिउन सिक्नुहोस्।’

हाल ड्वेन जॉनसन आफ्नो आगामी फिल्म  ‘मोआना’ को प्रचारमा व्यस्त छन्। यो सन् २०१६ मा रिलिज भएको लोकप्रिय एनिमेटेड फिल्म मोआना को लाइभ–एक्सन संस्करण हो। फिल्ममा कैथरीन ले मोआनाको मुख्य भूमिका निभाएकी छन् भने ड्वेन जोन्सन पुनः शक्तिशाली पात्र ‘माउई’ को भूमिकामा देखिनेछन्।

प्रकाशित: १५ असार २०८३ १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App