प्रायः कलाकारहरुले सुन्दै आएका वाक्य ‘म त तपाईको सानैदेखि फ्यान हु’ हुन त यो वाक्य अनौपचारिक भने होइन। दशकौदेखि सिनेमा क्षेत्रमा सक्रिय कलाकारहरुलाई यस्ता वाक्य सुनेकै होलान्।
तर यो पटक भने अभिनेत्री मनिषा कोइरालालाई परेको छ। पछिल्लो समय उनी नेपालमै आफ्नो परिवारसँग समय बिताउँदै छिन्। त्यही क्रममा एक जना ७० वर्षीय महिला आउँछिन् र भन्छिन्–‘म त तपाईको सानैदेखि फ्यान हु’। यो प्रशंगले मनिषालाई एक छिनको लागि झस्काएको छ। उनी आइतबार उक्त प्रशंगलाई सेयर गर्दै सामाजिक सन्जालमा लेखिन्–‘आज एउटा निकै रमाइलो घटना भयो।
एकजना प्यारी दिदी म भए ठाउँ आउनुभयो र भन्नुभयो, उहाँ बाल्यकालदेखि नै मेरो फ्यान हुनुहुन्छ रे ! यो सुनेर मलाई खुसी लाग्यो, मनै छोयो पनि !
जिज्ञासाले मैले उहाँको उमेर सोधेँ।
उहाँले भन्नुभयो, ‘७० वर्ष !’
७० वर्ष !
त्यसपछि पो मलाई झसङ्ग भयो। यदि उहाँ बाल्यकालदेखि नै मेरो फ्यान हुनुहुन्छ भने, के मानिसहरूले मलाई डायनासोरभन्दा अघिदेखि नै यो संसारमा छु भन्ने ठान्छन् कि क्या हो ?
वाह ! अब त मेरा फ्यानहरूकै नातिनातिना हुने उमेरमा पुगिसकेछु १ तर, यो पनि खुसीकै कुरा हो। किनकि यति धेरै मानिसको माया पाउनु मेरो लागि आशीर्वाद हो।’
ठठ्याउली गदै उनले आफैलाई एउटा सुझाव दिदै थपिन्–आफैँलाई एउटा सुझावः अर्को पटक कसैले ‘म तपाईंलाई बाल्यकालदेखि नै पछ्याइरहेको छु’ भन्यो भने, सबैभन्दा पहिले सोध्नुपर्ला कुन बाल्यकाल ?’
प्रकाशित: १५ कार्तिक २०८३ १६:५८ आइतबार





