१७ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘द सोप्रानोस’ का अभिनेता भिन्सेन्ट पास्टोरको ८० वर्षको उमेरमा निधन

हलिउडको चर्चित टेलिभिजन शृंखला ‘द सोप्रानोस’ बाट प्रसिद्धि कमाएका अभिनेता भिन्सेन्ट पास्टोरको ८० वर्षको उमेरमा शनिबार निधन भएको छ। केही दिनदेखि उनी कसैसँग सम्पर्कमा नरहेपछि न्यूयोर्कको सिटी आइल्यान्डस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए।

उनको निधनको जानकारी अभिनेता माइकल इम्पेरिओलीले सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले भावुक सन्देश लेख्दै पास्टोरलाई असल साथी, सहकर्मी र परिवारप्रति समर्पित व्यक्तिका रूपमा सम्झिएका छन्। 

पास्टोरका प्रबन्धक बब म्याकगोवानका अनुसार, अभिनेता केही दिनदेखि सम्पर्कविहीन भएपछि उनको खोजी गरिएको थियो। त्यसपछि उनी आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए। मृत्युको आधिकारिक कारण भने तत्काल सार्वजनिक गरिएको छैन।

पास्टोरले सन् १९८० देखि अभिनय यात्रा सुरु गरेका थिए। विशेष गरी १९९० को दशकमा उनले हलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल भए। ‘द सोप्रानोस’ मा उनले निभाएको ग्याङ्स्टरको भूमिका अत्यन्त लोकप्रिय बनेको थियो।

उनको परिवारमा छोरी रेनी पास्टोर छन्। भिन्सेन्ट पास्टोरको निधनसँगै हलिउडले एक अनुभवी र लोकप्रिय कलाकार गुमाएको छ।

प्रकाशित: १७ श्रावण २०८३ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App