१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘शोले’का भाइरल जेलर दिग्गज अभिनेता असरानीको निधन

बलिउडका दिग्गज अभिनेता तथा हास्य कलाकार असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। स्वास्थ्य सम्बन्धी समस्याका कारण विगत चार दिनदेखि जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना भएका असरानीको सोमबार दिउँसो मृत्यु भएको हो। असरानीको अन्त्येष्टि मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगरमा अन्त्येष्टि गरिएको छ। 

सन् १९४१ मा जयपुरमा जन्मिएका असरानीको पूरा नाम गोवर्धन असरानी थियो। उनले आफ्नो करियरमा चार सयभन्दा बढी फिल्महरूमा काम गरेका थिए। 

हालै बीबीसी न्यूज हिन्दीको विशेष श्रृंखला कहानी जिन्दगी की मा असरानीले आफ्नो जीवन र करियरका कथाहरू साझा गरेका थिए। उनले पुणेको फिल्म इन्स्टिच्युटमा अभिनयको अध्ययन गरेपछि महसुस गरेको कुरा बताउँदै भनेका थिए, ‘अभिनय पछाडि विधिहरू छन्। यो पेशा एक विज्ञान जस्तै हो। तपाईंले प्रयोगशालामा गएर प्रयोग गर्नुपर्छ।’  

असरानीले फिल्म शोले मा निभाएको ब्रिटिस युगको जेलर को प्रसिद्ध भूमिकाबारे कुरा गर्दै लेखक सलिम जावेद र निर्देशक रमेश सिप्पीले उनलाई चरित्रको तयारीका लागि हिटलरको उदाहरण दिएको बताएका थिए। उनले हिटलरको बोल्ने तरिकामा भएका उतारचढावहरूलाई जेलरको संवादमा अपनाएको बताएका थिए।  

उनको फिल्मी करियरको सुरुवात निर्देशक हृषिकेश मुखर्जीको फिल्म गुड्डी मा सानो भूमिकाबाट भएको थियो। त्यसपछि मनोज कुमारले उनलाई आफ्नो फिल्ममा मौका दिएसगैं उनको करियर अगाडि बढेको थियो।

प्रकाशित: ४ कार्तिक २०८२ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App