२ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनमा

नयाँ वर्षलाई लक्षित गर्दै आज वैशाख १ गतेदेखि तुलसी घिमिरे निर्देशित फिल्म  ‘पहाड’ नेपालभर प्रदर्शनमा आएको छ । उक्त फिल्मको कथावस्तु बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यामा आधारित रहेको छ।  

फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ ।  

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

उक्त फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

प्रकाशित: १ वैशाख २०८३ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App