१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘लभ इज अल्वेज लाउडर’ लेखेपछि तृषामाथि चासो

दक्षिण भारतीय अभिनेत्री तृषा कृष्णन यतिबेला चर्चामा छिन्। अभिनेता तथा राजनीतिज्ञ थलपति विजयसँग उनको सम्बन्धबारे चर्चा भइरहेका बेला तृषाले सोमबार सामाजिक सञ्जालमा राखेको स्टाटसले झन् चर्चा चुलिएको छ।

तमिलनाडुको मुख्यमन्त्री बनेपछि विजयलाई लक्षित गरिएको अनुमानसहित तृषाले इन्स्टाग्राममा पहिलो पोस्ट सार्वजनिक गरेकी हुन्। उनले शपथग्रहण समारोहका केही तस्बिर साझा गर्दै ‘लभ इज अल्वेज लाउडर’ भन्ने क्याप्सन लेखेकी थिइन्। उक्त क्याप्सनलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।

तृषा समारोहमा विजयका आमाबुबासँगै उपस्थित थिइन्। समुद्री हरियो–निलो र सुनौलो साडीमा उनी आकर्षक देखिएकी थिइन्। जुईफूलले सजिएको जुडा र रुबी गहनाले उनको पहिरनलाई थप आकर्षक बनाएको थियो।

समारोहका भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विजयले तमिलनाडुको भविष्यबारे सम्बोधन गर्दा तृषा भावुक बनेको दृश्यले धेरैको ध्यान खिचेको छ। भिडियोमा उनी आँसु झार्दै मुस्कुराइरहेको देखिन्छिन्।

सामाजिक सञ्जालमा विजयकी आमा शोभासँग तृषाले गरेको आत्मीय अँगालोको तस्बिर पनि चर्चामा छ।

तमिलगा वेत्री कझगमले सन् २०२६ को तमिलनाडु विधानसभा निर्वाचनमा २३४ मध्ये १०८ सिट जितेपछि विजय पूर्णकालीन राजनीतिमा प्रवेश गरेका हुन्।

प्रकाशित: २८ वैशाख २०८३ १८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App