१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

त्रिकोणात्मक प्रेम कथा चलचित्र ‘माया भनेकै यस्तो होला’

 चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रमोशनल गीत सार्वजनिक भएको छ।  

प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको ‘माया भनेकै यस्तो होला’ रहेको गीतमा चलचित्रमा अभिनेत्री दील श्रेष्ठ तीन जना अभिनेत्रीहरुसँग रोमान्स गरेको देख्न सकिन्छ।  

शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो। गीतमा भने स्वर प्रशान्त सिवाकोटी र विज्ञानी पराजुलीको रहेको छ। एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पना गीतमा समेटिएको छ । सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भवना र उसले गर्ने जीवनको कल्पनामा गीत केन्द्रित छ।

संगीतकार तथा गायक प्रशान्त नागरिककर्मीसँगको कराकानीमा उल्लेख गरे ‘यो मेरो जीवनको कुनै फेजलाई लिएर गीत निर्माण गरिएको होइन। यो मेरो कल्पना हो।’

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दील श्रेष्ठ, सृष्ठि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएका छन्।हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्।  

रेखा थापाको निर्देशनमा तयार रहेको चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: १६ श्रावण २०८३ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App