शोभित बस्नेतको निर्देशनमा निर्माण भएको ‘पीआर’ फिल्मको ट्रेलर रिलिज भएको छ। निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा नेपालबाट पढ्न अस्ट्रेलिया पुगेका युवाहरूहरूको कथा वाचन गरिएको छ। रिण खोजेर अस्ट्रेलिया पुगेका युवारूको सपना पीआर लिने भन्ने हुन्छ तर यता नेपालबाट रिणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्था निर्देशक बस्नेतले पर्दामा उतारेका छ। ट्रेलर हेर्दा फिल्ममा लभस्टोरी, बिछोड र आफ्नो देश आफ्नै हुन्छ भन्ने सन्देश दिन खोजिएको छ।
यही मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको यस फिल्मको प्रचारका लागि अस्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल, विनिता कार्की नेपाल आएका छन्। उनीहरुको मुख्य भूमिका रहेको यस फिल्ममा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यस फिल्मको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अस्ट्रेलियामा लगानी’ संवादले दर्शकको मन छुनेमा निर्माण पक्षको बुझाइ छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको यस फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन्।
साथै गणेश बुढाथोकीको लेखन रहेको यस फिल्मका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ। फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ भने वितरण आर आर फिल्म्सले गर्दैछ।
प्रकाशित: १७ मंसिर २०८२ १०:५१ बुधबार





