२४ भाद्र २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

बक्स अफिसमा सुस्त देखियो ‘टक्सिक’

यश, कियारा आडवाणी र तारा सुतारिया अभिनीत ‘टक्सिकः ए फेयरी टेल फर ग्रोनअप्स’ को कमाइमा लगातार गिरावट देखिएको छ। चलचित्रले मंगलबार अर्थात् प्रदर्शनको १४औँ दिनसम्म आइ पुग्दासम्म यसको बक्स अफिसमा सुस्त देखिएको छ।

प्रदर्शनको पहिलो दिन  एक सय एक करोडको दमदार ओपनिङ गरेको यो चलचित्रको १४ औँ दिनसम्म आउदा यसको व्यापार निकै सुस्त देखिएको छ। प्रदर्शनअघि नै ब्लकबस्टर मानिएको यो चलचित्र ६०० करोड भारुको लागतमा बनेको हो। तर प्रदर्शनको १४ औँ दिन बितिसक्दा पनि यसले आफ्नो लागतको आधि रकम पनि उठाउन धौ धौ परेको छ।

भारी बजेटमा बनेको यशको बहुप्रतीक्षित चलचित्र ‘टक्सिक’ अगस्ट २६ मा सिनेमाघरमा रिलिज भएको थियो। सुरुवात करोड भएपनि ‘टक्सिक’ दोस्रो सातासम्म आउदा लाखमा झरेको छ। प्रदर्शनको १४औँ दिन अर्थात् दोस्रो मंगलबार भारतमा करिब ७३ लाख रुपैयाँ नेट कलेक्सन गरेको बताइएको छ। यसले दुनियाँभरमा ३३८ करोडको नेट कलेक्सन गरेको छ। पहिलो हप्ताको तुलनामा यो निकै कम हो। 

ठूलो स्टारकास्ट हुँदाहुँदै पनि चलचित्रको कमाइमा आएको गिरावटका कारण यो ‘मिर्जापुरस् द मूवी’ र ‘हनुमान अंश’ जस्ता चलचित्रल्मको प्रतिस्पर्धामा पछि परेको देखिन्छ।

चलचित्रमा यशसँगै कियारा आडवाणी, तारा सुतारिया, नयनतारा र हुमा कुरैशी महत्वपूर्ण भूमिकामा छन्। गीतु मोहनदासले चलचित्रलाई निर्देशन गरेकी हुन।

प्रकाशित: २४ भाद्र २०८३ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App