यो मनको खहरे उर्लेर गयो अर्काको आँगनमा।
परन्तुसम्म बदनामी भयो यो मेरो जीवनमा।।
सम्हाल्न खोज्छु आफ्नो कथा कोही आई पोख्दछ ।
बढाउन खोज्छु आफ्नो पाइला, कोही आई रोक्दछ ।।
चाहना सधैं बढी नै रहन्छ, कसैको साथ नपाउँदा।
जिन्दगी सधैं बगि नै रहन्छ, कसैको याद नआउँदा ।।
गाह्राे मान्छ्यौ सधैं तिमी, बजार आउनलाई।
तिम्रो घरमा आउँथे म त, गाह्रो लाग्छ धाउनलाई।।
प्रकाशित: १ असार २०८३ ०८:४५ सोमबार





