१७ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘बल्झिएर कलेजीको घाउ’ सार्वजनिक

स्रष्टा विजया बस्नेतको ‘बल्झिएर कलेजीको घाउ’ गीत सार्वजनिक भएकाे छ।

‘बल्झिएर कलेजीको घाउ’ मा सन्देश पौडेलकाे स्वर, संगीत, एरेन्ज र मिक्सिङ/मास्टरिङ रहेका छन्।

उक्त गीतकाे रेकर्डिस्टि विक्रम कार्की, बाँसुरी नगेन्द्रविक्रम राई, सारङ्गी हेमन्त कान्छा रसाइली छन्। भेनस् रेकर्डिङ स्टुडियो, महाराजगन्ज काठमाडौंमा गीतकाे रेकर्ड भएकाे हाे। भिडियो सौगात श्रेष्ठ, टीम/इडिटर / कलर राज क्षेत्री छन्।

गीतकार बस्नेतकाे युट्युब अफिसियल च्यानलबाट सार्वजनिक भएकाे हाे। लाेकप्रिय युवागायक सन्देश पौडेलले ‘बल्झिएर कलेजीको घाउ’ गीतलाई मीठाे आवाजकाे माध्यमबाट जीवन्तता प्रदान गरेका छन्।

१८ वर्षको उमेरमै सन्देश पौडेल को आफ्नै संगीत,एरेन्ज, मिक्सिङ/ मास्टरिङ तयार भएकाे गीतमा उनले स्वर दिएका हुन्।

युवा गायक सन्देश पौडेल धेरैले सुनिरहेको चिरपरिचित नाउँ हो।बाल्यकालदेखि नै गीतसंगीतमा रूचि राख्ने पौडेलले आमा शान्ति पौडेलको साथसहयाेगले यहाँसम्म पुग्न सफल भएका हुन्।

उनी ३ कक्षा पढ्दादेखि नै बालगीत गाउँदै आएका हुन्। स्वदेश र आधुनिक गरी उनले एक दर्जन जति गीत गाएका छन्।

युवा पिँढीका उदाउँदा गायक पाैडेलको स्वरमा जादु छ। उनकाे आवाजले धेरै श्राेता मन्त्रमुग्ध भएका छन्। उनी रेडियो नेपालकाे राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा समेत द्वितीय भएका थिए।

विभिन्न संघसंस्थाबाट पुरस्कृत हुँदै सम्मान समेत पाउन सफल सन्देश पौडेल भ्युजअल गीति भिडियोमा आफ्नै स्वरसहित आफैँ कलाकारको भूमिका निर्वाह समेत गरेका छन्। उक्त म्युजिक भिडियाेकाे निर्देशन शान्ति पौडेल गरेकी हुन्।

प्रकाशित: २० वैशाख २०८३ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App