'जेरी अन टप' को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक भएको हो । फिल्मका अधिकांश कलाकार उपस्थित भएको कार्यक्रममा मुख्य अभिनेता अनमोल केसी भने स्वास्थ्यमा समस्याले सहभागी हुन सकेनन् ।
पत्रकार सम्मेलनमा कलाकारहरूले आफ्नो पात्रका नाम खुलाएका छन्। आँचल शर्माको नाम 'स्नेहा' बताइएको छ भने जसिता गुरुङको नाम 'प्रेमा'को नाममा फिल्ममा चिनिनेछिन् ।
ट्रेलरमा कलाकारको दमदार अभिनय देखिएको छ । सगरमाथा आरोहण, प्रेम, ड्रामा, संवेदना र एडभेन्चर समेटिएको छ। ट्रेलरमा अनमोल, आँचल र संजिताबिचको त्रिकोणात्मक प्रेम कथा देखिएको छ।
चलचित्र एडभेन्चर लभ स्टोरी रहेको अभिनेता भुवन केसीले बताए ।
यो अनमोलको 'फर्की फर्की' पछिको फिल्म हो। लगभग दुई वर्षपछि पर्दामा देखिएका कारण पनि 'जेरी अन टप' थप चर्चामा छ।
फिल्ममा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङ मुख्य भूमिकामा छन्। साथमा केदार घिमिरे 'माग्नेबुढा', हाँस्य पात्र का रुपमा देखिएका छन् ,भुवन केसी, पूर्व मिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको पनि अभिनय छ।
अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित 'जेरी अन टप' सुयोग गुरूङले निर्देशन गरेका हुन्। सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग भविष्य खड्का, रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन्।
दुलिप रेग्मीको डिओपी रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। असोज ३१ गते अर्थात् तिहारमा प्रदर्शनमा आउन लागेको हो।
प्रकाशित: २४ आश्विन २०८२ १७:२६ शुक्रबार


-600x400.jpg)


