हिमालयको रहस्यमय कथा समेटिएको पौराणिक ड्रामा ‘नागबन्धम’ शनिबारदेखि नेपालभर प्रदर्शनमा आएको छ। क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको यस चलचित्रले दर्शकलाई ‘लार्जर–देन–लाइफ’ अनुभव दिने निर्माण पक्षको दाबी छ।
अभिषेक नामाको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा हिमालयको गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरको ऐतिहासिक ‘ब्रह्म कमल’ को रहस्यमय संसारलाई देखाइएको छ।
चलचित्रको मुख्य पात्र ‘रुद्र’ को भूमिकामा रहेका विराट कर्णलाई महादेवको शक्तिशाली स्वरूपमा प्रस्तुत गरिएको छ। उनी आफ्नो धार्मिक सम्पदा र समुदायलाई दुष्ट शक्तिबाट जोगाउन जीवन नै दाउमा राखेर संघर्षरत देखिन्छन्।
चलचित्रको अर्को मुख्य आकर्षणमा ‘केजीएफ’ मार्फत ‘गरुडा’ पात्रबाट चर्चित बनेका रामचन्द्र राजु छन्। उनले यसमा पनि खलनायकको भूमिका निर्वाह गरेका छन्।
त्यसैगरी, मुख्य अभिनेत्रीका रूपमा नभा नतेश र ऐश्वर्या मेननले अभिनय गरेका छन्। चलचित्रमा महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनी जस्ता चर्चित कलाकारहरूको समेत महत्त्वपूर्ण भूमिका रहेको छ।
पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर निर्माण गरिएको यो चलचित्र विशेषगरी हिन्दु धर्मप्रति आस्था राख्ने दर्शकका लागि मुख्य आकर्षणको केन्द्र बन्ने निर्माण पक्षले जनाएको छ।
प्रकाशित: २१ असार २०८३ १७:०० आइतबार





