१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘मितज्यू’ को दोस्रो लुक्स सार्वजनिक

नेपाली कथानक फिल्म ´मितज्यू` नयाँ प्रदर्शन मिति घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आउँदाे जेठ ८ गतेबाट फिल्म प्रदर्शन गर्न घोषणा गरेका हुन्। यस यो फिल्मको प्रदर्शन आउँदाे जेठ १५ गतेलाई तय गरिएको थियो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन्। जहाँ साैगात मल्ल हातका भाले च्यापेका छन् भने साइडमा पहाडमा गुड्ने गाडी दिन्छ। दयाहाङ राईको अनुहार निकै रिसाहा देखिएका छन् भने तेरिया मजेद्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिकी छन्। शिशिर र अर्का एक पात्र नरमझैं उभिएका छन्। साइडमा फुस्को छानोवाला घर देखिएका छन्।

जसका कारण फिल्मले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ। अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।यस फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको, सम्पादक लोकेश बज्राचार्य र छायाकार शिशिर बिशंखे हुन्।

पोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) ले गरेका हुन् भने फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री हुन्।

त्यसै गरी यो फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। यस फिल्ममा बिजिएमको काम शैलेश श्रेष्ठको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। फिल्मका गीतमा संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। यस फिल्ममा कोरियोग्राफर मिङ्मा  लेप्चाले गरेका छन्। यो फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।

प्रकाशित: १ चैत्र २०८२ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App